भारतका गृह मन्त्री काेराेना सङ्क्रमणमुक्त

भारतीय गृहमन्त्री अमित शाह काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन्। गएकाे अगस्ट २ तारिखका दिन कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनी नयाँ दिल्ली नजिक गुडगाउँको मेदान्त अस्पतालमा भर्ना भएका थिए।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै शाहले आफू निको भएको जानकारी दिएका हुन्। उनले आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको र आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।

आज मेरी कोरोना टेस्ट रिपोर्ट नेगेटिव आई है।

मैं ईश्वर का धन्यवाद करता हूँ और इस समय जिन लोगों ने मेरे स्वास्थ्यलाभ के लिए शुभकामनाएं देकर मेरा और मेरे परिजनों को ढाढस बंधाया उन सभी का ह्रदय से आभार व्यक्त करता हूँ।
डॉक्टर्स की सलाह पर अभी कुछ और दिनों तक होम आइसोलेशन में रहूँगा।

— Amit Shah (@AmitShah) August 14, 2020

यस्तै गृह मन्त्री साहले डाक्टरको सल्लाहमा अबका केही दिन घरमै आइसोलेशनमा बस्ने पनि जानकारी दिए।

प्रकाशित मिति: : 2020-08-14 18:17:22

प्रतिकृया दिनुहोस्