सुनसान न्यूरोड {तस्बिरहरू}

शनि शाक्य

काठमाडौं

काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ। व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो।

शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ। वडा कार्यालयले विज्ञप्ति जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण गर्नु आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।’

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति: : 2020-08-14 18:45:54

प्रतिकृया दिनुहोस्