तीजका गीतमा कोरोना सन्देश

गोरखापत्र

काठमाडौँ

यलु जोशी

रातो सारी पहिरिएर सुख–दुःखका भाका गाउँदै माइतीको आँगनमा छमछमी नाच्ने पर्वका रूपमा तीजलाई लिइन्छ । आफ्ना साथीसँगीसित नाचगान गर्दै सुख–दुःख साटासाट गर्दा महिलाले वर्ष दिनभर भोगेको आफ्नो व्यथा हलुङ्गो भएको महसुस गर्छन् भन्ने मान्यतासमेत राखिन्छ । यो वर्ष भने कोरोना भाइरस (कोभिड–१९) ले तीज र तीजका गीतमा प्रभाव पारिरहेको छ ।

त्यसो त केही वर्षयता तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको छ । नाचगान, गीत, पहिरनका क्षेत्रमा आएको परिवर्तनले तीजको मौलिक स्वरूप पूरै हराउने अवस्था देखिएको छ । गायिकासित नारिएर गायक पनि तीज गीत गाउँदै रमाउन थालेका छन् भने परम्परागत लोकलय र वाद्यवादन शैली पनि पूरै विस्थापित हुने हो कि भन्ने खतरा देखिएको छ । तीजको सांस्कृतिक पक्षभन्दा बढी व्यापारिक भएर विकृत हुने खतरा बढेकोे छ ।

प्रकाशित मिति: : 2020-08-15 07:07:05

प्रतिकृया दिनुहोस्