‘प्वाक्क मुखाँ’ हान्नु जस्तो !

नवराज कुँवर

‘प्वाक्क मुखाँ’ हान्नु जस्तो !’ 

यो चर्चित थेगो सुन्नेवित्तिकै जो कसैले हास्य कलाकार शिवहरि पौड्याललाई सम्झिन्छन् । 

२ दशकअघिका टेलिभिजनका दर्शकले उनलाई अझ मज्जाले सम्झिन्छन्, जसले त्यसबेलाको चर्चित टेलिसिरियल ‘देवी’ हेरेका छन् ।

‘देवी’मा नायिका देवीका अभिन्न मित्रका रूपमा चित्रित पात्र ‘पूर्णे’ शिवहरि नै हुन्, जसले गर्दा अहिले पनि उनलाई देख्ने, भेट्ने कतिपयले त्यही पात्र ‘पूर्णे’ भनेर चिन्छन् । 

शिवहरि स्थापित कलाकार हुन् । हास्य विधामा उनको नाम उत्कृष्ट १० भित्रै पर्छ भन्दा अत्युक्ति हुँदैन । 

हास्य कलाकारका रूपमा लामो र स्थापित परिचय बनाएका शिवहरिको अन्य पाटोबारे कमैलाई जानकारी छ ।

उनको फरक पाटो अझ घतलाग्दो छ । 

उनी पूर्वबैंकर एवं पूर्वपत्रकार पनि हुन् । उनले ३ दशक नेपाल राष्ट्र बैंकमा बिताएका छन् भने ४ वर्ष पत्रकारिता गरेका छन् । 

१७ पुस २०४१ मा खरिदार भएर राष्ट्र बैंकमा छिरेका पौड्याल डेपुटी डाइरेक्टर पदसम्म पुगेर १७ पुस २०७१ मा अवकास भएका थिए । 

राष्ट्र बैंकमा रहँदाका उनका अनुभव सुन्नलायक छन् । जीवनमा शिवहरिले गरेको सङ्घर्ष, लगन र मिहिनेत धेरैका लागि अनुकरणीय बन्न सक्छ । अरूलाई अक्सर हँसाइरहने शिवहरिले जीवनमा झेल्नुपरेका अभाव र दबाबको फेहरिस्त लामो छ ।

प्रकाशित मिति: : 2020-08-15 07:13:28

प्रतिकृया दिनुहोस्