डा. विष्णुविभू : शिक्षक, सम्पादक हुँदै उपकुलपतिसम्म

शिलापत्र

काठमाडौँ

घनेन्द्र ओझा

. विष्णुविभू घिमिरे (६७) नेपाली कविताका क्षेत्रमा स्थापित नाम हो । विक्रमको २०३० को दशकदेखि कविता लेखनबाट साहित्ययात्रा सुरु गरेका घिमिरे साहित्यिक पत्रकारिता र अखबारी पत्रकारितामा पनि स्थापित व्यक्तित्व हुन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपतिसमेत भइसकेका घिमिरेले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन संयुक्त क्याम्पसमा ३ दशक प्राध्यापन पनि गरेका छन् ।

अवकासप्राप्त जीवन साहित्य लेखन र साहित्यिक अभियानमा समर्पण गरिरहेका छन् घिमिरे ।

जन्म र बाल्यकाल

 

डा. विष्णुविभू घिमिरेको जन्म पूर्वी पहाडी जिल्ला इलामको बरबोटेमा १० भदौ २०१० मा भएको हो । पिता हरिनारायण र माता तोरणकुमारीका ६ सन्तानमध्ये पाँचौँ सन्तान हुन् घिमिरे । उनीमाथि २ दिदी र २ दाजु छन् भने मुनि एक भाइ र एक बहिनी ।

मध्यमवर्गीय परिवारमा जन्मिएका घिमिरेका दाजुभाइ, दिदीबहिनी धेरै, परिवार ठूलो । बुबा हजुरबुबा, हजुरआमाका एक मात्र छोरा । 

स्वाभाविक हो, पहाडी जीवन, परिवार ठूलो, आय मध्यम, परिवार चलाउन केही गाह्रो अप्ठ्यारो हुन्छ नै । तर, घिमिरेको परिवार ठूलो भए पनि खान, लगाउन खासै समस्या भएन । बुबा, आमाले खेतीपाती र अन्य हिसाबले परिवार चलाउन अप्ठ्यारो हुन नदिएको उनको भनाइ छ ।

प्रकाशित मिति: : 2020-08-15 16:41:42

प्रतिकृया दिनुहोस्