वडामा के विकास भयाे?

म चन्दननाथ नगरपालिकाका स्थित ८ नम्बर वडाकाे एक यूवा हुँ। चन्दननाथ  नगरपालिका वडा न. ८ र ९ काे स्थिति देख्दा मेराे मनमा केहि लेख्ने उत्सुकता जागेको छ। 

नेपालकाे संवैधानिक र राजनीतिक विभाजन अनुसार जुम्ला एक हाे। नेपाल सरकारकाे मिति २०७३ साल फागुन महिनाकाे २६ गते नेपाल राजपत्रमा सुचना प्रकाशित गरि स्थानीय तह रहने व्यवस्था गरेकाे थियोे । जस अनुसार चन्दननाथ नगरपालिका बनेकाे देखिन्छ।

चन्दननाथ नगरपालिकामा जम्मा १० वटा वडा छन्। जस मध्ये विशेष गरि पिछडिएको वडा ८ र ९ उम्खाेलामा पर्दछन्, जहाँ म बस्छु। जुन साविककाे तलिउम गाविस हाे। 

छाेटकरीमा भन्नू पर्दा नगरपालिका हुनका लागि सडक, खानेपानी, विद्युत, सञ्चार आदि चाहिने न्युनतम ‌सहरी सुविधा पूरा भएकाे हुनुपर्छ। जुन वडा नं. ८ र ९ मा हालसम्म पनि उपलब्ध छैनन्। 

स्थानीय सरकार अर्थात घर आँगनमा सिंहदरबार आएकाे झन्डै ४ वर्ष भइसकेकाे छ। तर उम्खाेला जस्ताकाे तेस्तै छ। अर्थात वडा नं ८ र ९ मा केही परिवर्तनकाे महशुस गर्न सकिदैन। त्यस्तै  वि.स. २०६८ साल तिर डिजल प्लानबाट बिजुली बत्ती बालेकाे थियाे। त्याे १ वर्षसम्म मात्र सञ्चालनमा आयाे। त्यसपछि हालसम्म कुनै पनि पहल नगरिएकाेले उम्खाेलाका बासिन्दा अहिले आकाशकाे जुनकाे साहायता बाट उज्यालाेकाे प्रकाश लिइरहेका छन्। 

एउटा उखान  (If The Sky Falls We'll Catch Larks) "आकाशकाे फल आँखा तरी मर" भने जस्तै भएकाे छ, उम्खाेला। त्यतिबेला गाडिएका खम्बा कतै ढलेका छन्, कतै बाङ्गिएका छन् त कतै तारकाे दुरुपयोग भइरहेको छ। 

बत्ती आउछ भन्दै वर्षेनि विद्युतका खम्बा र तार आइरहेका छन्। खम्बा र तारकाे जडान पनि गरिएकाे छ। नयाँ खम्बा पनि राम्रोसँग नगाडिएकाले ढलेर मानिसलाई गम्भीर  चाेट पटक पनि लागि सकेकाे कुरा अवगत नै छ। खम्बाहरु कतै कुलाेमा हालिएका छन्, कतै बाङ्गिएका छन् त कतै फुटबल खेल्ने गाेल पाेष्टमा समेत हालिएका छन्। तारकाे पनि कसैले कपडा सुकाउने, बारीमा बार लगाउने र घरयासी काममा प्रयाेग गरिरहेका छन्।

खम्बामा चै तारै तार छ तर बत्ती छैन सरकार! 
हाम्रो  गाउँमा विकास कत्ति छैन सरकार!
भ्रष्ट हाम्रा जनप्रतिनिधि भएर हाेला, यीनकाे समाज परिवर्तन गर्ने मति छैन सरकार!!

०००

नेटवर्ककाे कुरा गर्दा पनि एकदमै दयनीयकाे अवस्था छ। चन्दननाथ नगरपालिका भित्र पर्ने ८ र ९ वडा सदरमुकाम खलंगाबाट झन्डै ६ किलोमिटर टाढा भएकाले सदरमुकाममा रहेकाे नेपाल टेलिकमकाे टावरले राम्रोसँग काम नगर्ने, कुरा गर्दागर्दै फोन काटिने, कुरा नबुझिने, प्रस्ट आवाज नआउने नेटवर्क आउने जाने र पैसा समेत कटिहाल्ने समस्या स्थानीय बासिन्दाले वर्षाैंदेखि भाेक्दै आइरहेका छन्। 

नेपाल टेलिकमकाे टावर खल्लाँ स्थित माथिकाे डाँडामा स्थापित भएको झन्डै ६/७ महिना विति सक्दा पनि कुनै सराेकारवालाकाे ध्यानाकर्षण भएकाे देखिदैन। 

सडककाे ट्रयाक खुलेकाे झन्डै ११ वर्ष बितिसक्दा पनि स्तरउन्नती भएकाे छैन। सडक बनाउन वर्षेनि विभिन्न निकायबाट बजेट आइरहेका हुन्छ तर स्तरउन्नती भएको छैन्। यस्ता कयौं समस्याहरु छन्। समस्याका कयाैं उदाहरण छन्। 

नगरपालिका भए पनि विकासकाे हाल यस्तै छ।
प्रगतिमा लम्किएका स्थानीय सरकारकाे चाल यस्तै छ।
चुनावमा भ्रम छर्ने जनप्रतिनिधि नै भ्रष्ट हुँदा गरिब जनतालाई रोग,भोग, अनिकाल उस्तै छ।

०००

नगरपालिका भए पछि जुन परिवर्तन आउनु पर्ने हाे त्यो आउन सकेकाे छैन्। "हात्ती आयाे हात्ती आयाे फुस्स" भने जस्तै भइरहेकाे छ। उल्लिखित कुनैपनि समस्यामा वडा कार्यालय वा त्यहाँका जनप्रतिनिधिकाे ध्यानाकर्षण नभएको देखिन्छ।

अन्त्यमा हालसम्म कुनै पनि सराेकारवाला निकायहरूले माथिका समस्यालाई प्रभावकारी रुपमा चासो नदिएकाले उक्त समस्यालाई उच्च प्रथामिकतामा राखि समाधानको बाटाे तिर जानू हुनेछ भन्ने अपेक्षा राख्दछु।

प्रकाशित मिति: : 2020-08-16 15:18:00

प्रतिकृया दिनुहोस्