गायक सुगम पोखरेलकाे ‘बुबा हजुरको याद आउछ’ गीत सार्वजनिक

गायक सुगम  पोखरेलले समस्त बुबालाई समर्पित गर्दै ‘बुबा हजुरको याद आउछ’ बोलको गीत सार्वजनिक गरेका छन्। 

गीतमा उनको आफ्नै रचना तथा संगीत रहेको छ। गीतको संगीत संयोजन सुजिल कर्माचार्यले गरेका हुन्। 

गीतको भिडियो विकेश मगरले बनाएका हुन्। नजिकिदै गरेको कुशेऔशी (बुबा को मुख हेर्ने) दिनको अवसरमा सम्पूर्ण बुबालाई सम्झिएर उनले यो गीत सार्वजनिक गरेका हुन्। 

केही समयअघि अप्रत्याशित रुपमा बुवाको निधन भएकोले उनलाई सुनाउन नपाएकोमा दुःख ब्यक्त गर्दै सुगमले बुबाको लागि भनेर बनाएको गीत सम्पूर्ण दर्शक तथा श्रोता को लागि समर्पित गरेका छन्।

साथै ‘भौतिक रूपमा बुवा अहिले हामी माझ नभएपनि वहाँ को शिक्षा(दिक्षा,सोच, सपना अनि आशिर्वादलाई मार्गदर्शन मानेर एउटा असल मान्छे बन्ने भरमग्दुर प्रयास सधैँ गर्नेछु’ भन्दै सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक गरेका छन्।

‘यो गीतले एउटा पिताको चित्रण गर्छ जुन रुप, सोचाइ, भोगाई, आचरण, ब्यक्तित्व सम्भवत हरेकका बुवाको आकृति पाउनुहुने,’ सुगमले भने।

प्रकाशित मिति: : 2020-08-16 15:07:16

प्रतिकृया दिनुहोस्