कोरोनाबाट कोही नमरेका नमुना एसियाली देश

शिलापत्र

काठमाडौँ

श्याम श्रेष्ठ

अहिलेसम्म २ करोडभन्दा बढी मानिसमा संक्रमण गरिसकेको तथा साढे ७ लाखभन्दा ज्यादा मानिसको जीवनहरण गरिसकेको नोबेल कोरोना भाइरसको सामना गर्ने मामिलामा उदाहरणीय देशको नाम लिनुपर्‍यो भने हाम्रो आँखा एक्कासि न्युजिल्याण्ड, दक्षिण कोरिया र अस्ट्रेलियातिर सोझिन्छ । 

परन्तु, कोरोनाविरुद्धको युद्धमा एसियामै त्यस्ता उदाहरणीय मुलुक पनि छन्, जहाँ अहिलेसम्म एक जना मानिस पनि कोभिड–१९ बाट मरेको छैन र संक्रमणको दर पनि विश्वमै सर्वाधिक कम छ । उनीहरूको सीमा चीनसित जोडिएको छ तर उनीहरूले आफूलाई युक्तिपूर्वक कोरोनाबाट जोगाएका छन् ।

ती देश हुन्– कम्बाेडिया, लाओस, र मंगोलिया । साना मुलुक भएकाले यी मुलुकको खासै चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा हुने गर्दैन । तर, तिनले जसरी कोरोना भाइरसको सामना जुक्तिबुद्धि लगाएर गरेका छन्, त्यसबाट पूरै विश्वले सिक्नु जरुरी छ । मुलुक सानो ठूलो हुन सक्छ, तर त्यसले प्रदान गर्ने राम्रो शिक्षाको महत्त्व देशको साइजअनुसार ठूलो/सानो हुँदैन ।

झण्डै १० करोड जनसंख्या भएको भियतनाम पनि करिबकरिब त्यही कोटीको नमुना देशमा पर्छ, जहाँ २ साताअघि अर्थात् जुलाई ३० सम्म एक जना व्यक्तिको पनि कोरोना भाइरसबाट मृत्यु भएको थिएन । संक्रमित पनि बढिरहेका थिएनन् । मात्र ३ हप्ताको स्थानीय लकडाउनपछि विद्यालय, बजार, होटल, उद्योगधन्दा सबै सञ्चालनमा ल्याइएका थिए ।

प्रकाशित मिति: : 2020-08-16 17:57:14

प्रतिकृया दिनुहोस्