महत्त्वपूर्ण आयोजनामा कोरोना प्रभाव अध्ययन

गोरखापत्र

काठमाडौँ

भउचप्रसाद यादव

राष्ट्रिय योजना आयोगले कोरोना महामारीका कारण मुलुकका रूपान्तरणकारी आयोजना (गेम चेन्जर प्रोजेक्ट) मा परेको प्रभावबारे सुरु गरेको अध्ययन अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले मुलुकमा कोरोना महामारीको सङ्क्रमण फैलिएसँगै रूपान्तरणकारी आयोजनामा परेको प्रभावबारे अध्ययन सुरु गरिएको बताउनुुभयो । उहाँले अध्ययन कार्य अन्तिम चरणमा पुगेको छ । चाँडै नै अध्ययन प्रतिवेदन आउनेछ । प्रभाव न्यूनीकरणको अध्ययन प्रतिवेदनले सहयोग पुु¥याउनेछ भन्नुभयो ।
राष्ट्रिय योजना आयोगका अनुुसार १८ वटा आयोजनालाई रूपान्तरणकारी योजनाका रूपमा लिएको छ । जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, समृद्धिका लागि वन कार्यक्रम, जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भू–सम्बन्ध व्यवस्थापन कार्यक्रम र औद्योगिक पूर्वाधार विकास आयोजना रहेको छ । यसैगरी स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजना, सार्वजनिक विद्यालय सबलीकरण आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम आयोजना, राष्ट्रपति महिला सशक्तीकरण परियोजना, माथिल्लो अरुण जलविद्युत् आयोजना पनि रूपान्तरणकारी आयोजनामा पर्छन् ।

प्रकाशित मिति: : 2020-08-17 08:27:06

प्रतिकृया दिनुहोस्