जसलाई देशले लुक भन्यो

नेपाल लाइभ

काठमाडौँ

सराेज तामाङ

त्यो देश छाडेर भाग्यो रे! को हल्लासँगै देखिन थाल्छ- देशमाथिको गद्दारीका आरोप र कसरी देशभक्त हुने भन्ने लामा पाठ। तर त्यसअघि देशले नागरिकमाथि गरेको गद्दारीका लामा श्रृङ्खला भने बर्षौंदेखि ओझेलमा छन्। 

कोहि किन भागोस्? किन छाड्छ देश? देशले दिएको दुःख सहेर वर्षौ जोतिइरहेकाहरु एक दिन एक्कासी किन हिँडिदिन्छन्? देशमै रहेका कतिलाई मन होला देशमै रहिरहन? यसका उत्तरमा आउने गहिरा पीडा पलायन भएका खेलाडीसँग पनि मिल्छन्। 

देशका लागि खेल्दाखेल्दै चोट बोकेका एक खेलाडीको लाखौँ लाग्ने उपचारमा १० हजार रुपैयाँ दिएर कसरी पन्छाउन मिल्छ? गरिब देश हो कि संयन्त्र? पैसा नभएको कि आवश्यकता यकिन नभएको? खेल्न सक्दासम्म देशको गहना हुने खेलाडी खेल्न नसक्दा के? 

सबैलाई थाहा भएको तर पनि कहिल्यै उत्तर नआउने यस्ता प्रश्नहरु निकै छन्। जहाँ राष्ट्रवाद जोडिन्छ त्यहाँ प्रश्नहरु दबाइने हाम्रो हुर्काइ नै हो। जसरी जुडो खेलाडी रमेश मगरको मनमा दबिएका छन् सयौँ प्रश्नहरु। 

प्रकाशित मिति: : 2020-08-17 12:30:27

प्रतिकृया दिनुहोस्