विपद् सम्भव छ पहिरोबारे पूर्वसूचना प्रणाली

३० साउनमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये सोमबारसम्म १९ जनाको शव भेटिएको छ। त्यहाँ अझै २० जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस वर्षको मनसुनमा मानवीय क्षतिको हिसाबले सबैभन्दा ठूलो घटना लिदीकै हो।

प्राधिकरणका अनुसार, सन् २०१३ देखि १५ अगस्त २०२० सम्मको तथ्यांकले हरेक वर्ष सरदर १२२ जनाको पहिरोमा परेर मृत्यु भएको छ। यस वर्षको मनसुन शुरु भएको ३० जेठदेखि १ भदौसम्म मात्र पहिरोका कारण २०९ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म ६३ जना बेपत्ता छन् भने १६१ जना घाइते भएका छन्। 

यही अवधिमा बाढीबाट ४ जनाको मृत्यु भएको छ। ११ जना बेपत्ता र १ जना घाइते भएका छन्। गृहमन्त्रालयको तथ्याङ्क अनुसार, २०१० अघि बाढीबाट मृत्यु हुने संख्या वार्षिक सरदर २०० भन्दा बढी हुन्थ्यो। तर, अहिले पहिलेभन्दा बाढीबाट हुने मानवीय क्षति कम भएको छ। 

बाँकेको कोहलपुरस्थित जल–मौसम कार्यालयका इञ्चार्ज, हाइड्रोलोजिष्ट विनोद पराजुली पूर्व सूचना प्रणालीले ठूला नदी तटीय क्षेत्रमा बाढीबाट हुने मृत्यु शून्य भएको दाबी गर्छन्। कोशी, नारायणी, कर्णाली, राप्ती जस्ता ठूला नदीमा बाढी आउनूपूर्व नै सूचना दिने प्रणालीको विकासले मानवीय क्षति नभएको उनको भनाइ छ। 

“यसपाली नारायणीको बाढीको बहावले अहिलेसम्मको रेकर्ड नै ब्रेक गर्‍यो, तर मानवीय क्षति शून्य भयो। डुबान भए पनि मानवीय क्षति भएका घटना छैनन्”, पराजुली भन्छन् “पूर्वसूचना प्रणालीले नै मानवीय क्षति कमी भएको हो।” 

प्रकाशित मिति: : 2020-08-18 09:29:28

प्रतिकृया दिनुहोस्