नाजिरकाे ‘हरियो प्रश्न’: निर्मलाको बाको मुटु चक्नाचुर भएर फुटेको कसले देख्यो ?

नायक तथा मोडल नाजिर हुसेनले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र दोषीमाथि कडा कारवाही गर्न कवितामार्फत सरकारलाई दबाब दिएका छन्। 

बलात्कारपछि हत्या भएको २ वर्ष बितिसकेपनि अहिलेसम्म दोषी पहिचान गरेर कारवाही नगरे भन्दै डिजिटल माध्यमबाट उनले सरकारलाई दबाब दिएका हुन्।

‘हरियो प्रश्न’ नाम दिएर उनले लेखेका छन्,‘एक समय अदालतमा अडर अडर भन्दै गाभल बजेको थियो, न्याय मुर्तीको हातमा झुन्डिएको बाङ्गो तराजुले सिधा न्याय गरेको थियो त ? बाको मुटु चक्नाचुर भएर फुटेको कसले देख्यो ? एक त्यान्द्रो आशा बोकेर ढोकादेखि ढोकासम्म पुगेको बाको नांगो पैतालालाई कसले देख्यो ?’

नाजिर अगाडि लेख्छन्, ‘हो हजुर म निर्मलाको कुरा गरिरहेको छु। जसको मृत शरीरबाट गन्हाउने बासी विर्य अझैपनि हाम्रो मस्तिष्कमा ताजै भएर डुङ्गडुङती गन्हाइरहेको छ, के तपाइलाई गन्हाएको छैन ? महासय। मुटुमा हात राखेर भन्नुहोस् त, तपाइको अदालतमा न्या मुर्तीको हातमा झुन्डिरहेको त्यो बाङ्गो तराजुले सिधा न्याय गर्यो त आजसम्म ?’
 

एक समय अदालतमा अडर अडर भन्दै गाभल बजेको थियो, न्याय मुर्तीको हातमा झुन्डिएको बाङ्गो तराजुले सिधा न्याय गरेको थियो त ?

बाको मुटु चक्नाचुर भएर फुटेको कसले देख्यो ?

एक त्यान्द्रो आशा बोकेर ढोकादेखि ढोकासम्म पुगेको बाको नांगो पैतालालाई कसले देख्यो ?

एक त्यान्द्रो आशा बोकेर ढोका देखि ढोकासम्म पुगेको बाको नाङ्गो पैतालालाई कस्ले देख्यो ? 
आमाको कोख रित्तिएको कस्ले  देख्यो र यहाँ ? 
दोबाटो, चौबाटोमा छाती पिट्दै रोईरहेकी आमाको आँसुलाइ कस्ले पुछ्यो र यहाँ ? 
एउटा नौजवान युवतीको सपनाहरु भताभुङ्ग भएको कस्ले नै देख्यो र ? 
देख्नु भो त तपाईंले? 
तपाईंको न्याय मुर्तिले त देख्दैन 
तपाईंले के देख्नु हुन्छ ?
हो हजुर म म नै भएर त्यहीँ निर्मलाको कुरा गरिरहेको छु 
जस्को मृत शरीरबाट गन्हाउने बासि विर्य 
अझैपनि हाम्रो मस्तिष्कमा ताजै भएर डुङ्गडुङ्ती गन्हाइरहेको छ 
के तपाईंलाई गन्हाएको छैन ? 

महासय,
मुटुमा हात राखेर भन्नुस त ! 
तपाईंको अदालतमा न्याय मुर्तिको हातमा झुन्डीरहेको त्यो  बाङ्गो तराजुले 
सिधा न्याय गर्यो त आजसम्म ?

प्रकाशित मिति: : 2020-08-18 15:23:36

प्रतिकृया दिनुहोस्