कोरोनाको 'हटस्पट' बन्दै बैंकिङ क्षेत्र, ८० प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’ मा

काठमाडौं– एकपछि अर्को गर्दै बैंकहरूमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि बैकिङ क्षेत्र पनि ‘कोरोना हटस्पट’ बन्न थालेको छ। अहिले ८० प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’ मा छन्। उपत्यका बाहिरका शाखामा संक्रमण देखिँदै आएकोमा पछिल्लो समय उपत्यकाभित्रका बैंकिङ कार्यालयमा पनि कोरोना संक्रिमत बढ्न थालेका हुन्। 

बैंकको काउन्टरमा बस्ने कर्मचारी सबैभन्दा धेरै प्रभावित भएको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए। काउन्टरबाहेक अन्य विभागमा काम गर्ने कर्मचारीहरु संक्रमितको सम्पर्कमा आउने सम्भावना न्यून हुन्छ। तर एउटै कार्यालयको काम गर्दा संक्रमणको जोखिम उच्च रहन्छ। 

प्रकाशित मिति: : 2020-08-18 15:56:16

प्रतिकृया दिनुहोस्