गायक सुरेश ढुंगानाको गीत तथा म्युजिक भिडियो ‘बा’ सार्वजनिक भएको छ । सो गीतमा सत्यस्वरूपको संगीत, कुमार खत्रीको शब्द, आमोस तामाङको एरेञ्ज रहेको छ ।
पाना आर्ट्सले पोष्ट प्रोडक्सन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका छन् ।
गीतले आफ्ना सन्तानका लागि बुबाको योगदान र समर्पणको कथा बोलेको गायक ढुंगानाले बताए । आमाका बारेमा धेरै गीत तथा साहित्य सिर्जना भए पनि त्यसको तुलनामा ‘बा’ को बारेमा धेरै कम लेखिएको हुँदा एउटा पिताले सन्तानको लागि गरेको संघर्षको विषय आफ्नु रोजाईमा परेको र गीत संगीतमार्फत दर्शकस्रोता माझ ल्याएको उनको भनाई छ ।
गीत पूर्णरूपमा पिताप्रति समर्पित भएको हुँदा कुशे औँशीको (बुबाको मुख हेर्ने दिन) दिन सार्वजनिक गरिएको गायक ढुंगानाले बताए ।