वनकुखुराका मालिक

शिलापत्र

भक्तपुर

रमेश भारती

भक्तपुरकाे सूर्यविनायकका अरुण थापा बिहानबेलुका कालिजलाई चारो दिन ब्यस्त हुन्छन् । २८ वर्षीय थापा कालिजलाई आवश्यक दानापानीसँगै स्याहारसुसारका लागि दैनिक ५ घण्टा समय खर्चिने गरेका छन् । गाँउघरमा वनमा पाइने भएकाले कालिजलाई वन कुखुरा पनि भनिन्छ । 

स्नातक तहसम्म अध्ययन गरेका थापाले सूर्यविनायकमा वाइल्ड एण्ड एग्रो फार्म सञ्चालन गरेका छन् । उनले फार्ममा हाल कालिज धेरै पालेका छन् ।

कालिजसँगै अन्य अर्ग्यानिक मौसमी तरकारी खेती र अन्य खेती  गर्ने याेजना पनि बनाएकाे उनले बताए ।

‘हाल ५ सय ५० वटा कालिज फार्ममा छन् । यी कालिज दसैँमा बेच्ने बेला हुन्छ । यी कालिज बेचेर अरू चल्ला हाल्ने योजनामा छु । अगामी दिनमा मुख्य पेसाका रूपमा कालिज नै पाल्ने लक्ष्य छ,’ उनले भने, ‘कालिज हुर्काउन १ वर्षसम्म लाग्छ । मेरो फार्ममा भएका कालिज आगामी असोज महिनामा बिक्री गर्नुपर्छ । कालिज पाल्दा धेरै कुरामा ध्यान दिनुपर्छ ।’ 

प्रकाशित मिति: : 2020-08-20 14:45:06

प्रतिकृया दिनुहोस्