
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
सुहन श्रेष्ठ
विश्वका अधिकांश देशरूले आर्थिक गतिविधलाई निक्कै सहज ढङ्गले लगाडि बढाइरहेका छन्। विशेषगरी सूचना प्रविधिकाे विकास र ‘ग्लाेब्लाइजेसन’काे अवधारणाले आर्थिक गतिविधिलाई नयाँ तरिकाले अगाडि बढाउने हाेड नै चलेकाे छ। तर, नेपाल भने अझै पनि परम्परागत शैलीमा आर्थिक गतिबिधि गर्न बाध्य छ।
प्रविधि र ज्ञानकाे अभावका कारण नेपालले अहिले पनि सयाैँ वर्ष पहिलादेखिकै शैलीमा आर्थिक गतिविधि गरिरहेकाे छ। जसका कारण उत्पानमा ह्रास आउनुका साथै कार्य प्रणाली समेत दिक्क लाग्ने अवस्थाकाे छ। यही अवस्थामा आर्थिक गतिविधि सम्बन्धि पृथक् याेजना बनाएर कार्यन्वयन गर्नु फलामकाे चिउरा चपाउनु रहर बनेकाे छ। जसकाे मुख्य कारण सरकारी नीतिमा भएकाे जटिलता हाे। तर, केही युवापुस्ता भने यही कठिन अवस्थाबाटै कमलकाे फूल जसरी फूल्न खाेजिरहेका छन्।
नेपालमा चलिरहेकाे काम गर्ने शैलीमा केही फरक तरिका अपनाएर काम गर्दा केही युवाहरू विश्वमै परिचित बन्दै सफल समेत भएका छन्। तर, उनीहरूकाे संख्या सिमित छ। लगानीकाे अभाव देखाउँदै नयाँ र विशेष सम्भावना भएका याेजनाहरूलाई युवा पुस्ताले नै तिलञ्जली दिएका उदाहरण हामीले देख्दै आएका छाैँ। यसरी आफूसँग नयाँ साेच भएपनि त्यसलाई सही ढङ्गले अगाडि बढाउने बाटाे नपाएर लाखाैँ युवाहरू भाैतारिरहेका छन्।
यस्तै कुराहरूलाई मध्यनजर गर्दै ‘जानकी ग्लाेबल फाउन्डेसन’ले नेपालमा पहिलाे पटक अन्तर्राष्ट्रिय स्तरकाे लगानी सम्मेलन गर्ने भएकाे छ। आगामी अप्रिल १० र ११ गते भृकुटीमण्डपस्थति नेपाल पर्यटन बाेर्डमा सम्मेलन गर्न लागेकाे हाे।
अनुभवी र सफल लगानीकर्ताहरूबाट लगानी उन्मुख विचारहरू प्रवाह गरी जनतालाई प्रोत्साहित गर्ने उद्देश्यले यस सम्मेलन गर्न लागिएकाे फाउन्डेसनकी अध्यक्ष जानकी गुरूङले बताएइन्।
‘वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य लिएर हामीले याे सम्मेलनकाे आयोजना गर्न लागिएकाे हाे,’ गुरूङले भनिन्,‘सबैभन्दा राम्रो वित्तीय र लगानी विचारहरुको सहयोगसँग लगानीमा युवाहरुलाई प्रोत्साहन गर्ने हाम्राे प्रयास हाे। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लगानीका उत्कृष्ट अवसरहरू खोजेर नेपालमा लगानी गर्न प्रोत्साहित गर्नेछ।’
उनकाअनुसार यस सम्मेलनमा देशी तथा विदेशी लगानीकर्ताहरू सहभागी हुनेछन्। उनीहरूले यहाँ प्रस्तुत भएका युवा पुस्ताकाे याेजनालाई कसरी अगाडि बढाउने सुझाव दिनुका साथै लगानीमा समेत सहयाेग गर्ने छन्।
‘नेपालमा धेरै युवाहरूसँग केही न केही गर्ने साेच छ। तर, उनीहरूसँग पैसाकाे अभाव छ। त्यस्तै केही लगानीकर्ता नयाँ विचारकाे खाेजीमा छन्। त्यस्ता नयाँ साेच, विचार र याेजनालई हामीले लगानीकर्तासँग संयाेजन गरेर त्यसलाई सार्थकता दिनेछाैँ,’ सम्मेलनका संयाेजक अरूण दाहाल खत्रीले भने।
उनले व्यापार सम्बन्धि नयाँ साेच भएका युवालाई सम्मेलनमा सहभागी भएर अवसकाे सदुपयाेग गर्न आह्वान गरे। यस सम्मेलनमा सहभागी हुनकाे लागि सम्मेलनकाे फेसबुक पेजमा गएर नाम दर्ता गर्न सकिनेछ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया