हास्य कलामा फक्रिँदै सुमन

शिलापत्र

काठमाडौँ

दिप्सन लुइटेल

हास्य क्षेत्रमा सुमन कार्की परिचित नाम हो । उनलाई कसैले 'कमेडी च्याम्पियन'को प्रतियोगीका रूपमा चिन्छन् । कसैले ऋषि धमलाको क्यारिकेचरबाट चिन्छन् । 
जे होस्, एक दशक लामो सङ्घर्षबाट सुमनले हास्य क्षेत्रमा परचिय बनाइसकेका छन् ।
ओखलढुंगामा जन्मिएर मोरङमा हुर्किएका सुमनलाई हास्य क्षेत्रमा कुनै रुचि थिएन । चलचित्र धेरै हेर्ने भएकाले होला, उनलाई त चलचित्रको हिरो बन्नु थियो- निखिल उप्रेती जस्तै । निखिलले चलचित्रमा गरेजस्तै 'उल्टी-सुल्टी'को अभ्यास गर्ने, निखिलले बोलेजस्तै संवाद बोल्ने । 
हास्य कलाकार बन्ने रहर नभए पनि उनलाई 'मेरी बास्सै' खुबै मनपर्थ्यो । मेरी बास्सैमा पनि उनलाई सीताराम कट्टेल 'धुर्मुस'ले निर्वाह गर्ने 'वडाध्यक्ष'को भूमिका मनपर्थ्यो । उनको नक्कल गर्थे सुमन । 

प्रकाशित मिति: : 2020-08-22 09:10:57

प्रतिकृया दिनुहोस्