निर्मला पन्तप्रति समर्पित चर्चित र्‍यापर ‘युनिक पोएट’काे नयाँ गीत ‘बलात्कार’

चर्चित युवा र्‍यापर ‘युनिक पोएट’ले नयाँ गीत ‘बलात्कार’ सार्वजनिक गरेका छन्।

आफ्नै युट्युव च्यानलबाट आज बिहान ११ बजे २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई समर्पित गर्दै उक्त गीत सार्वजनिक गरेका हुन्।

यो गीतमा उनले एक महिला बलात्कृत घटनालाई उतारेका छन्। युनिक पोएटले यो गीतको सुरुवातमै निर्मला पन्तलाई न्याय मिलोस् (जस्टिस फर निर्मला) भनेका छन्।

निर्मलालाई नै समर्पित गरेको यो गीतको ‘डिस्कृप्सन’मा उनीमाथि भएको विभत्स अपराधको छोटो विवरण पनि राखिएको छ। 

भिडियाेको ‘डिस्कृप्सन’मा लेखिएको छ–

‘२०१८ जुलाई २६ तारिख बिहान ११ बजे निर्मला साइकल चढेर गृहकार्य पुग्नका लागि साथी रोश्नी बमको घरमा गएकी थिइन्।

सरस्वती माविमा नौं कक्षामा पढ्दै गरेकी निर्मला भीमदत्त नगरपालिका कञ्चनपुरकी थिइन्। र, उनी कहिल्यै घर फर्किनन्।’ 

प्रिमियर भएको दुई घण्टा नबित्दै १३ लाख ३३ हजारभन्दा धेरै पटक हेरिएको छ भने १ लाख १८ हजारभन्दा बढीले लाइक गरेका छन्। 

प्रकाशित मिति: : 2020-08-22 13:33:22

प्रतिकृया दिनुहोस्