नेसन्स लिग: रोनाल्डोको कप्तानीमा पोर्चुगिज टिमको घोषणा

 स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले युइएफए नेसन्स लिगका लागि आफ्नो २५ सदस्यीय टोलीको घोषणा गरेको छ।

साविकको विजेता समेत रहेको पोर्चुगलले नेसन्स लिगमा क्रोएसिया र स्वीडेनसँग सेप्टेम्वर पहिलो साता प्रतिस्पर्धा गर्दैछ। पोर्चुगलले दुई खेलका लागि युरोपेली क्लब फुटबलमा प्रभाव जमाएका अधिकांश खेलाडीलाई समावेश गरेको छ।

टाेलीमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज, म्यानचेस्टर सिटीका बर्नाडो सिल्भा, बार्सिलोनाका नेल्सन सेमेडो, लिलका रेनाटो सान्चेज, एट्लेटिको मड्रिडका जोओओ फेलिक्सले फर्नान्डो सान्चेज समावेश भएका छन्। 

यस्तै आन्द्रे सिल्भा, डिएगो जोटा, गोन्सालो गुइडेस, ट्रिनकाओ, डानिलो पेरेरा, आन्द्रे गोमेस, रुबेन नेभेस, जोआ माउटिन्हो, र सेर्गियो ओलिभिरा छन्। यस्तै डिफेन्समा पेपे, जोआ कान्सेलो, डोमिन्गोस डुआर्ट, जोसे फोन्टे, रुबेन डियास, मारियो रुइ र राफेल गुएरेरो तथा एन्थोनी लोपेज, रुइ प्याट्रिसियो र रुइ सिल्भा छन्।

पोर्चुगलले पहिलो खेलमा क्रोएसियासँग सेप्टेम्बर ६ मा खेल्नेछ। यस्तै सेप्टेम्बर ९ मा स्विडेनको सामना गर्नेछ। गत वर्ष पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० ले हराएर पहिलो संस्करणको उपाधि जितेको थियो।

प्रकाशित मिति: : 2020-08-25 08:30:04

प्रतिकृया दिनुहोस्