क्याट पर्सालाई गैरसरकारी संस्थाद्वारा खाद्य सामग्री सहयोग

कोभिड एक्स टिम (क्याट) पर्सालाई गैरसरकारी संस्थाहरुले सहयोग गरेका छन्। 

समाजिक संस्था जिल्ला समन्वय समिति पर्सा र दीव्य युवा क्लब बिरन्चीबर्वाले मंगलबार खाद्य सामग्री सहयोग गरेका हुन्। दुबै संस्थाहरुले संयुक्त रुपमा पर्सामा पुगेर क्याटलाई खाद्य सामग्री हस्तान्तरण गरेका हुन्।

जिल्ला समन्वय समितिका अध्यक्ष अध्यक्ष इब्राहिम देवान र दीव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले संयुक्त रुपमा तत्कालिन समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादवलाई खाद्य सामग्री हस्तान्तरग गरे।

अध्यक्षद्वय कतरनी चामल ८ बोरा, मसुरोको दाल १ बोरा, खाने तेल १० किलो, आलु एक बोरा, पियाज एक बोरा र नगद  रु एक हजार हस्तान्तरण गरे।

क्याटले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समयदेखि जारी निषेधाज्ञामा प्रभावितहरुको लागि निःशुल्क रुपमा गरेको खानाको व्यवस्थापनमा सहयोग गरेको अध्यक्षद्वयले वताए।

क्याटका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहमद अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा क्याटका सदस्य एवं नेपाली कांग्रेस जिल्ला सचिव श्याम पटेल, तत्कालिन समाजवादी पार्टी जिल्ला सचिव तबरेज अहमद, नेकपाका प्रतिनिधि सन्जिव मिश्रा, पत्रकार शम्भुकुमार सुमन सुमन लगायतको उपस्थिति रहेको थियो।

सोही कार्यक्रममा सहभागि जिल्ला आयुर्वेद अस्पताल वीरगंजका प्रमुख डा रमेश मिश्राले क्याटलाई आयुर्वेदीक औषधी सहयोग गर्ने आवश्वासन दिए।

कोभिड अस्पतालमा उपचाररत संक्रमितहरुलाई वितरण गर्नको लागि आयुर्वेदिक औषधी सहयोग गर्न क्याटले राखेको प्रस्तावमा सहमति जनाउदै सकेजति सहयोग गर्ने प्रतिबद्धता जनाए। 

यस्तै विटु वाटर जितपुरलेसमेत क्याटलाई ५० पक्केट खाने पानी सहयोग गरेको छ। विटु वाटरका दिपक गुप्ताले ५० पक्केट पानीको बोतल सहयोग गरेको क्याटका सदस्य तबरेज अहमदले जानकारी दिए। 

यता क्याटले कोरोना प्रभावितको सहयोगार्थको लागि १० जना स्वयं सेवकसमेत परिचालन गरेको छ। जिल्ला समन्वय समिति मै क्याटको सहयोगमा संचालित मेसको खाना विभिन्न अस्पतालमा वितरणको लागि स्वयं सेवक परिचालन गरिएको क्याटका सदस्य श्याम पटेलले जानकारी गराए।

ती स्वयं सेवकहरुलाई आजै क्याट लेखिएको ज्याकेट तथा सुरक्षा सामग्रीसमेत वितरण गरिएको छ। 

अस्पतालले भर्ना गर्न नमानेका बिरामीहरुलाई भर्ना गराउदै आएको क्याटले अब निषेधाज्ञामा प्रभावितहरुको लागि खाना प्रबन्धमासमेत जुटेको छ।

प्रकाशित मिति: : 2020-08-25 17:15:19

प्रतिकृया दिनुहोस्