कोरोना कहरमा मजदुर : शहरमा छाक टार्न मुस्किल, गाँउ प्रवेशमा समस्या

शिलापत्र

काठमाडौँ

रमेश भारती

नुवाकोटकी राधिका तामाङ ३ वर्षदेखि उपत्यकाका विभिन्न स्थानमा इँट्टा र बालुवाको काम गर्दै आएकी छन् । हाल काठमाडौंको रोतापुलमा निर्माणधीन घरमा बालुवा र इँट्टा बोक्दै गर्दा राधिका भेटिइन् । राधिकालाई कोरोना भाइरसभन्दा बिहान/बेलुका छाक कसरी टार्ने भन्ने चिन्ता छ । 

बालुवा र इँट्टा बोकेर परिवार पाल्दै एउटा १३ वर्षको छोरोलाई विद्यालय पढाउँदै गरेको राधिका बताउँछिन् । बालुवा र इँट्टा बोकेबापत दैनिक ९ सय पारिश्रमिक पाउने गरेको र यही पैसाले परिवार धान्ने गरेको राधिकाले बताइन् । ‘गरिबको जीवन साँघुरो छ । मजदुरी गरेर दैनिकी गुजार्न धेरै हम्मेहम्मे पर्छ । दैनिक ९ घण्टा बालुवा र इँट्टा बोकेर दिन बित्छ । एक साता काम पाइएन भने परिवार पाल्न समस्या हुन्छ,’ उनले भनिन, ‘कोरोनाका कारण काम पाउन गाह्रो छ । काम नगरी विहान/बेलुका छाँक टार्न मुस्किल पर्छ । गाँउमा जानसक्ने अवस्था छैन । फेरि गाँउ जाँदा कोरोना परीक्षण गर्नुपर्छ रे पैसा छैन ।’ 

विहान/बेलुका कसरी छाक टार्ने भनेर समस्या भइरहेका बेला कोरोना परीक्षण गर्न खर्च जुटाउन सम्भव नभएकाे उनको भनाइ छ । कोरोनाका कारण गाँउ जाने सक्ने अवस्था नभएकाले शहरमा एक छाक खाएर भए पनि बाध्यताले बस्नुपर्ने राधिका बताउँछिन् । 

यस्तै, पर्साका मनोज साह ५ वर्षदेखि बालुवा र सिमेन्टको काम गर्दै आएका छन् । साह सिमेन्टका मिस्त्री पनि हुन् । उनले भूकम्पपछि नुवाकोट, सिन्धुली, रामेछाप र काभ्रेमा पुन:निर्माणको कामसमेत गरेका छन् । हाल साशाह धरहरा पुन:निर्माणमा काम गरिरहेका छन् । 

प्रकाशित मिति: : 2020-08-26 11:19:53

प्रतिकृया दिनुहोस्