कांग्रेस महाधिवेशन : सभापति ताक्दै ११ नेता

कोही गुट मिलाउँदै, कोही बार्गेनिङ गर्दै

काठमाडौं : कांग्रेसमा तीन समूह सक्रिय छन्। तीनै समूहबाट गरी ११ नेता आगामी महाधिवेशनमा सभापति पदका आकांक्षी देखिएका छन्। एउटै समूहबाट धेरैले सभापति पद ताकेपछि नेता मिलाउन सकस देखिएको छ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, तेस्रो समूहको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवार हुन्। देउवा समूहका उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पौडेल समूहका महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आआफ्नो तयारी थालेका छन्। पौडेल समूहबाटै डा. रामशरण महत र अर्जुननरसिंह केसी सभापति पदका आकांक्षी छन्। सिटौला समूहबाट गगनकुमार थापाले सभापति पदमा उम्मेदवारी दिने बताएका छन्। पौडेल समूहमा नेता मिलाउन सिंह र केसी लागेका छन्। देउवा भने निधि नउठ्नेमा ढुक्क रहेको उनीनिकट स्रोत बताउँछ।

देउवा, पौडेल र सिटौलाबीच १३औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा सिटौलाको समर्थनमा देउवा निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2020-08-26 14:04:04

प्रतिकृया दिनुहोस्