बागमतीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई १ लाख राहत

चार दिनअघि रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदीमा  डुबेर मृत्यु भएका तीन जना बालिकाको परिवारलाई प्रदेश २ सरकारले जनही १ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ।

मुख्यमन्त्री लालबाबु राउतले मृतक परिवारप्रति समवेदना प्रकट राहत रकम घोषणा गरेका हुन्। 

‘मृतक परिवारलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट तत्कालै क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गर्दछु’ उनले भनेका छन्।

गत ७ गते बिहान १० बजे गढीमाई नगरपालिका ७ धर्मपुर टोल बस्ने भदै मुखियाको छोरी वर्ष १० की पिंकुकुमारी मुखिया, सोही टोलका लक्ष्मण दासको छोरी वर्ष १२ की सुशिताकुमारी दास र छट्टु मुखियाको छोरी वर्ष १० की चन्चलकुमारी मुखिया  ऋषि पंचमिको अवसरमा बागमती खोलामा नुहाउन जाँदा बेपत्ता भएका थिए।।

प्रहरी चौकी धर्मपुरबाट र ईप्रका समनपुरबाट क्षेत्रबहादुर बरुवालको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्दा सोहीदिन अपरान्ह ३ बजे  पिंकुको शव भेटिएको थियो।

 ९ गते हिजो माधवनारायण नगरपालिका ८ स्थित बागमति खोलाको किनारमा सुशिताको र राजदेवी नगरपालिका ९ ब्रम्हपुरीस्थित बागमति  खोलाको पूर्वपट्टी किनारमा चन्चलको शव फेला परेको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2020-08-26 14:31:49

प्रतिकृया दिनुहोस्