गायक ईश्वर थापा र देवी घर्तीको स्वरमा सजिएको ‘लाइदिम् कि मोहनी’ बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ । सूर्य खड्काको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा कलाकार तथा मोडलद्वय पल शाह र रियाशा दाहालले अभिनय गरेका छन् ।
गीतमा शिव अखेलीले शब्द रचना गरेका छन् भने विश्वास नेपालले संगीत संयोजन गरेका छन् । यस्तै सूर्य खड्काले संगीत भरेका छन् ।
काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा पल र रियाशालाई रोमान्टिक रुपमा देख्न सकिन्छ । भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् भने अर्जुन तिवारी र टिमले खिचेका हुन् ।