ब्राभोको टि–२० मा ५०० विकेटको नयाँ कीर्तिमान

वेष्ट इन्डिजका अलराउण्डर ड्वेन ब्राभो टि–२० मा ५ सय विकेट लिने पहिलो बलर बन्न पुगेका छन्। क्यारेबियाल प्रिमियर लिग (सीपीएल) अन्तर्गत सेन्ट लुसिया जोकासका व्याटसम्यान रहकिम कर्नवाल उनको ५ सय विकेटको सिकार बनेका थिए। 

ब्राभोले ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने क्रममा यो उपलब्धि हात पारेका हुन्। उनले ४ सय ५९ खेलमा यो कीर्तिमान राखेका हुन्। 

उनीपछि टि–२० मा सर्वाधिक विकेट लिने खेलाडी श्रीलंकाका लासिथ मालिङ्गा हुन्। उनले २ सय ९५ खेलमा ३ सय ९० विकेट लिएका छन्। 
बुधबारको खेलमा ब्राभोले रोस्टन चेसको विकेट लिँदै सीपीएलमा एक सय विकेट पुरा गर्ने पहिलो बलर पनि बने। 

उनले टि–२० मा डेब्यु सन् २००६ मा गरेका थिए। यसबीच उनले २१ वटा टिमबाट खेलिसकेका छन्। उनले ३ सय १२ जना भिन्दाभिन्दै ब्याट्सम्यानलाई आउट गरेका छन्। 

ब्राभोले यो उपलब्धिबाट आफू निकै खुसी भएको प्रतिक्रिया दिएका छन्। ब्याट्सम्यान सहयोग पुग्ने टि–२० मा नयाँ कीर्तिमान बनाउन ठूलो उपलब्धि भएको उनको भनाई थियो।

प्रकाशित मिति: : 2020-08-27 17:27:11

प्रतिकृया दिनुहोस्