पुष्प र एलिजाको ‘म सास बन्न पाए’ (भिडियो)

गायक नरेश रेग्मीको आवाज रहेको गीत ‘म सास बन्न पाए’ सार्वजनिक गरिएको छ । उक्त गीत एनआर क्रियशन नामक युट्यब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा बसन्त सापकोटाले शब्द र संगीत सिर्जना गरेका छन् भने सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा कलाकार तथा मोडल पुष्प खड्का र एलिजा गौतमको अभिनय छ । श्रृङ्गारिक भावले ओतप्रोत गीतमा पुष्प र एलिजालाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले छायांकन गरेका हुन् । भिडियोमा पदम सुवेदीको सम्पादन तथा सुरेश काफ्लेको ड्रोन शट देख्न सकिन्छ ।

प्रकाशित मिति: : 2020-08-28 09:52:50

प्रतिकृया दिनुहोस्