प्रहरीले विद्यालयमा तास खोलेको आरोपमा प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ४५ हजार ६४० रुपैयाँ बरामद भएको चितवन प्रहरीले जनाएकाे छ।
खैरहनीको इलाका प्रहरी कार्यालयले बिहीबार दिउँसो १ बजे खैरहनी नगरपालिका–२ को लिटिल हेभन विद्यालयबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । विद्यालयमै जुवा खेल्दै गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । बिहीबार पक्राउ गरेपनि प्रहरीले शुक्रबार मात्रै घटना सार्वजनिक गरेकाे थियाे।
पक्राउ पर्नेहरुमा विद्यालयका प्रधानाध्यापक खैरहनी–२ का विष्णु सिलवालसहित सोही ठाउँका राजकुमार गुरुङ, ऋषिजन केसी, उमेश केसी, गुणराज केसी, तिलक श्रेष्ठ, राजु थापा, राम थापा, शिव सिलवाल, बलराम सिलवाल र बेनी केसी रहेका छन् ।