सरकार ! भन्देऊ म कुन ठाउँमा सुरक्षित छु ?

शिलापत्र

काठमाडौँ

स्वस्तिका बख्रेल

लकडाउन विशेषगरी दुई प्रकारका मानिसमा भिन्नभिन्न प्रकारले लागेको छ– खान पुग्ने वर्ग र नपुग्ने वर्ग । खान पुग्ने वर्गलाई अहिले भ्याकेसन भइरहेको छ भने नपुग्ने वर्गलाई भोकमरी लागिरहेको छ ।

दुवै कोरोनाको कहरबाट बच्न घरभित्र थुनिएका छन् । दुवैले कहरपूर्ण अवस्थालाई कटाउन विभिन्न उपायहरू लागाइरहेका छन्, कोही दिन काट्न त कोही भोक मार्न ।

यति हुँदाहुँदै पनि समाजमा यी दुई पृथक वर्गमा एउटा कुरा भने समान छ । त्यो हो नारी उत्पीडन । अब मर्ने बाँच्ने ठेगान नभएको अवस्थामा नारी अधिकारका कुरा गर्नु तपाईंलाई बेतुककाे लाग्न सक्छ । हो  पनि । किनभने अहिले सबैलाई बाँच्नु छ कोरोनालाई जितेर । सबै जित्नकै लागि घरघरमा बसेका छन् । तर जित्नका लागि प्रयासरत तपाईं हामीले नै गर्दा ७० प्रतिशत महिला जीवनप्रति हारिरहेका छन् ।

प्रकाशित मिति: : 2020-08-28 14:58:32

प्रतिकृया दिनुहोस्