शून्यबाट अर्बौँसम्मको ढकालको व्यावसायिक यात्रा

शिलापत्र

काठमाडौँ

भागवत भट्टराई

उच्च जोखिम, उच्च प्रतिफल भन्ने व्यावसायिक सिद्धान्तको अनुसरण गरेकै कारण आफ्नो अहिलेको स्थान बनेको बताउँछन्, उद्योगी चन्द्र ढकाल ।

वाणिज्य बैंकको जागिरमा रहेकै बखतमा आफ्नो व्यवसाय सुरु गर्ने निर्णय लिएर जागिर असुरक्षित रहन सक्ने जोखिम उठाएका थिए । आफ्नो व्यवसाय विस्तार गर्न आफैँले काम गरेको बैंकबाट ऋण माग्ने जोखिम पनि लिएका थिए उनले ।

ऋण पाउनका लागि जागिर छोड्नुपर्ने हाकिमको सर्त पनि पालना गरेर हुँदाखाँदाको जागिर मात्रै छोडेनन्, त्यही जागिरका कारण परिवारले दिएको स्वाबासी पनि गुम्ने डर । 

बागलुङकाे अमलाचौर स्थायी घर भएका ढकाल गाउँमा रहँदा चोया काडेको, डोको बुनेको, नाम्लो बुनेको पनि अनुभव बटुलेका छन् । तर, अहिले उनलाई नेपालका धनाढ्यहरूको सूचीमा अग्रस्थानमा मानिन्छ । 

प्रकाशित मिति: : 2020-08-28 18:18:36

प्रतिकृया दिनुहोस्