बारा र पर्सामा ७९ काेराेना संक्रमित थपिए, संक्रमणबाट रौतहटका एक युवककाे मृत्यु

बारा र पर्सामा ७९ जना काेराेना भाइरस संक्रमित थपिएका छन्। शनिबार ४४२ जनाकाे स्वाब पीसीआर परीक्षण गर्दा ७९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।

जसमध्य ७५ पुरुष र ४ महिला रहेका छन्। थिपनेमा पर्साका ४७, बाराका ३०, माेरङ र काठमाडाैं १/१ जना रहेका छन्। उनीहरु ६ देखि ९७ वर्ष उमेर समूहका रहेकाे नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए।

पर्सा पाेखरीयाका १२, विश्रामपुरका ३, माढीमाईका २  र जितपुर सिमाराका २ जनामा काेराेना संक्रमण भएकाे छ।

यता वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा पनि संक्रमित थपिएका छन्।   

यस्तै नारायणी अस्पतालमै गरिएको परीक्षणमा मोरङ र काठमाडौ|का एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

थप एक जनाकाे मृत्यु

कोरोना संक्रमणका कारण वीरगञ्जमा उपचाररत रौतहटका एक युवकको शनिबार साँझ मृत्यु भएको छ।

मृत्यु हुनेमा रौतहटको गम्हरिया ३ का ३० वर्षका युवक रहेकाे नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए।

गत भदौ ११ गते उपचारको लागि नारायणीमा भर्ना भएका ती युवकको स्वाब संकलन गरी अस्पतालमै गरिएको पीसीआर परीक्षणमा भोलिपल्ट १२ कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण देखिएपछि उपचारको लागि कोरोना विशेष हेल्थ केयर अस्पतालमा भर्ना गरिएकोमा शनिबार साँझ साढे ७ बजे उनकाे मृत्यु भएको डा चौरसियाले बताए।

प्रकाशित मिति: : 2020-08-30 08:57:25

प्रतिकृया दिनुहोस्