कोरोनाको अर्को ‘हटस्पट’ बन्दै कारागार, कसरी हुँदैछ संक्रमित उपचार र व्यवस्थापन ?

काेरोनाभाइरस (कोभिड– १९) को संक्रमण पछिल्लो समय कारागारमा पनि देखिएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी हुँदै पछिल्लो समय कारागारमा पनि कोरोनाभाइरसको संक्रमण देखिन थालेको हो । 

कोरोनाभाइरसको संक्रमण कारागारमा देखिन थालेपछि भयावह हुने देखिएको छ । यसैलाई मध्यनजर गर्दै आइतवार राज्य व्यवस्था समितिका सांसदहरूले कारोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै कारागारमा रहेका कैदीबन्दीहरूलाई पछि हाजिर हुने कागजात गराएर छाड्ने विकल्पमा जान सरकारलाई सुझाव समेत दिएका थिए । 

देशभरमा अहिले १ सय ११ जना कैदी बन्दीलाई कोरोना संक्रमण भएको छ, जसमध्ये ४९ जना निको भएका छन् भने ६२ जना उपचाररत छन् ।

८५ जना कारागारमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी देवकोटाले बताए । 

देवकोटाका अनुसार देशभरमा ७ वटा कारगारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

वीरगञ्जमा ३३ जना, नेपालगञ्जमा ८ जना, सिराहामा ७ जना, सुनसरीमा ७ जना, स्याङ्जा १ जना, सिन्धुलीमा २ जना र केन्द्रीय कारागारमा ५१ जनामा कैदीबन्दीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म कारागार व्यवस्थापन विभागले पर्सामा १ सय १८ जना, बाँकेमा ९६ जना, सिराहामा ३० जना, सुनसरीमा १८ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, स्याङ्जामा १ जना र केन्द्रीय कारागार सुन्धारामा १ सय ७६ जना कैदीबन्दीको पीसीआर परिक्षण गरेको छ ।

थप ३ सय ४३ जना कर्मचारी र सुरक्षाकर्मीको पीसीआर परिक्षण गरेको कारागार व्यवस्थापन विभागले जनाएको छ । 

प्रकाशित मिति: : 2020-08-31 23:55:23

प्रतिकृया दिनुहोस्