इतिहासको पुस्तकमा नाम राख्न मन छ, पीएसजीकाे लेजेन्ड बन्नेछु: नेयमार

ब्राजिली स्टार नेयमारले आफु थप एक सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने बताएका छन्। 

कोरोना महामारीअघि नेयमार आफ्नो पुर्व क्लब बार्सिलोना फर्कने चर्चा चलिरहेकाे बेला उनले उक्त कुरा बताएका हुन्।

नेयमारले क्लबको इतिहासको पानामा आफ्नो नाम लेखाएर मात्र क्लब छाड्ने समेत बताएका छन्।

‘म अर्को सिजन पीएसजीमा बस्नेछु। च्याम्पियन्स लिगको फाइनल पुग्ने र जित्ने लक्ष्य छ,’ पीएसजीको म्यागेजिनसँगको अन्तर्वार्तामा नेयमारले भने, ‘क्लबको इतिहासको पुस्तकमा नाम राख्न मन छ। क्लबको लेजेन्ड बन्नेछु।’ उनले पछिल्लो समय पीएसजीमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

केही समय अघि उनले आफ्नाे लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोले जस्तै वालेन डी’ओर जित्न आफू पीएसजी आएकाे बताएका थिए। 

‘मेसी र रोनाल्डोले पछिल्ला १० बर्ष वालेन डी’ओरमा अधिपत्य कायम गरे। किनकी उनीहरु यस ग्रहका थिएनन्। यसलाई जित्नु सम्मानको बिषय हो। मेरो ध्यान मैदानमा के जित्ने र क्लबलाई जिताउनमा के सहयोग गर्ने भन्नेमा केन्द्रित छ,’ नेयमारले गाेल डटकमसँगकाे कुराकानीमा भनेकाद थिए।

नेयमार समकालिन क्लब फुटबलका सर्वाधिक महङ्गा फुटबलर हुन्। वालेन डी’ओर जित्ने लक्ष्यसहित उनी कीर्तिमानी २ सय २० मिलियन पाउण्डमा बार्सिलोना छाडेर पीएसजी गएका थिए। 

तर २८ बर्षका नेयमारले पछिल्ला तीन सिजन आफूमाथिको लगाइएको महङ्गो मुल्यलाई न्याय गर्न सकिरहेका छैनन्। उनले गत सिजन १९ गोल गर्नुका साथै १२ गोलको अवसर सिर्जना गरेका थिए। 

यता यसपटक पीएसजी युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि नजिक पुगेर चुकेकाे थियाे। फाइनलमा जर्मन कल्ब वायर्न म्युनिखसँग १–० गाेलले पराजित भएकाे थियाे। 

च्याम्पियन्स लिगको फाइनलमा पीएसजीलाई पुर्याउन नेयमारले मुख्य भूमिका निर्वाह गरेका थिए। उनले अन्तिम १६ को दोस्रो लेगमा गोल गर्नुका साथै क्वार्टरफाईनल र सेमिफाइनलमा एटलान्टा र आरबी आईपेजिगबिरुद्ध जित निकाल्न मुख्य भूमिका निर्वाह गरेका थिए।

उनको अर्का फरवार्ड किलीयन एमबाप्पेसँग पनि सम्बन्ध र तालमेल उत्कृष्ट थियाे।

यसअघिका सिजन नेयमार घाइते हुँदा पीएसजी सेमिफाइनल नपुग्दै च्याम्पियन्स लिगबाट बाहिरिंदै आएको थियो।

सन् २०१३ मा ब्राजिली क्लब सान्तोसबाट बार्सिलोना आएर चार वर्ष बार्सिलोनामा रहदा नेयमारले २ ला लिगा, एक च्याम्पियन्स लिग, तीन कोपा डेल रे र एक फिफा क्लब विश्वकप जितेका थिए। यस्तै नेयमारले पीएजसीबाट तीन सिजन लिग वान, समान दुई पटक कप डि फ्रान्स र कप डि लिग तथा एकपटक ट्रफी डेस च्याम्पियन्स जितेका छन्।

यता रियल मड्रिडका लिजेन्ड तथा ब्राजिलका पूर्वखेलाडी रोनाल्डो पनि किलियान एम्बाप्पेलाई अनुबन्ध गर्न सुझाव दिएका छन्।

एम्बाप्पे निकट भविष्यमा रियल मड्रिडसँग आबद्ध हुने चर्चा छ। लस ब्लाङ्कोसले सन् २०२१ मा एम्बाप्पेमा क्लबमा भित्र्याउने बताइन्छ। 

प्रकाशित मिति: : 2020-09-01 06:11:07

प्रतिकृया दिनुहोस्