रियल मड्रिडले नेयमार हाेइन एम्बाप्पेलाई किन्नुपर्छ: रोनाल्डो

रियल मड्रिडका लिजेन्ड रोनाल्डोले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट किलियान एम्बाप्पेलाई अनुबन्ध गर्न सुझाव दिएका छन्।

एम्बाप्पे निकट भविष्यमा रियल मड्रिडसँग आबद्ध हुने चर्चा छ। लस ब्लाङ्कोसले सन् २०२१ मा एम्बाप्पेमा क्लबमा भित्र्याउने बताइन्छ। 

कुनै बेला बार्सिलोनाका पूर्वफरवार्ड नेयमार पनि रियल आउने चर्चा चलेको थियो। 

तर, ब्राजिलका पूर्वखेलाडी रोनाल्डोले भने उमेरका कारण रियलका लागि नेयमारभन्दा एम्बाप्पे उपयुक्त विकल्प हुने सान्टान्डेरद्वारा आयोजित वेबिनारमा भने। 

‘नेयर २८ वर्षका छन् र एम्बाप्पे २२। को कोभन्दा राम्रो हो भने कुरा होइन। तर, यदी रियलले ठूलो लागनी गर्ने हो भने उसले भविष्यको बारेमा सोच्नुपर्छ,’ उनले भने।

नेयमार समकालिन क्लब फुटबलका सर्वाधिक महङ्गा फुटबलर हुन्। नेयमारले भने सन् २०१५ मा बार्सिलोनासँग प्रतियोगिता जितिसकेका छन्। सन् २०१७ मा वालेन डी’ओर जित्ने लक्ष्यसहित उनी कीर्तिमानी २ सय २० मिलियन पाउण्डमा बार्सिलोना छाडेर पीएसजी गएका थिए। 

तर २८ बर्षका नेयमारले पछिल्ला तीन सिजन आफूमाथिको लगाईएको महङ्गो मुल्यलाई न्याय गर्न सकिरहेका छैनन्। 

यद्यपी पीएसजीले यो सिजन यसअघि नै लिग वान, कोपे डे फ्रान्स, कोपे डे ला लिग र ट्रफी डेस च्याम्पियन्स जितिसकेको छ। 

नेयमारले यस सिजन १९ गोल गर्नुका साथै १२ गोलको अवसर सिर्जना गरेका छन्। 

याे पनि 
उत्कृष्ट खेलाडी तर चर्चा कम

यसपटक पीएसजी युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

च्याम्पियन्स लिगको फाइनलमा पीएसजीलाई पुर्याउन नेयमारले मुख्य भूमिका निर्वाह गरेका थिए। उनले अन्तिम १६ को दोस्रो लेगमा गोल गर्नुका साथै क्वार्टरफाईनल र सेमिफाइनलमा एटलान्टा र आरबी आईपेजिगबिरुद्ध जित निकाल्न मुख्य भूमिका निर्वाह गरेका थिए।

‘उनले यो सिजन पूरा गर्न लागि च्याम्पियन्स लिग जित्नुपर्छ,’ रोनाल्डोले भने, ‘उनले पछिल्लो समय निकै उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन्।’

प्रकाशित मिति: : 2020-08-23 09:00:30

प्रतिकृया दिनुहोस्