रमेस राज वास्तोला
लिजवन पोर्चुगल
निम्न माध्यमिक विद्यालयको पढाईबाटै हामीले पढेको थियौं, ‘१०३ वर्षीय जहानीया राणा शासन क्रुर थियो। कसैले केही बनाए, राम्रो काम गरे हात काटिदिन्थे। ऊनीहरूको चाकरी र स्याहार सुसार गरे पद पाईन्थ्यो।
तत्कालिन श्री ३ राणाहरूले बोलेको भरमा हरेक कुरा हुन्थ्यो। हामीले पढ्दा उनीहरूले गरेका नराम्रो कुरा मात्र पढ्यौं। राणा भन्ने वित्तीकै यिनीहरु क्रुर हुन् भन्ने पछिसम्म त्यहीँ छाप पर्यो। तर पछि बुझ्दै जाँदा राणाले धेरै विकास गरेका रहेछन्। विदेस भ्रमण जान्थे। तर त्यहाँ के कस्तो छ अवलोकन गरेर आउँथे अनि नेपालमा त्यस्तै बनाउन लगाउँथे। तर कक्षा ७/८ को इतीहासमा पढेजस्तो राणाहरु क्रुर र मात्र होईनन्। समाज सुधार पनि भएको थिए। सतिप्रथा, त्रीचन्द्र कलेजको स्थापना मात्र नभएर मठ मन्दिर प्रशासनीक भवन, बाटोघाटा पनि बनाए र विदेसीसँग कहिल्यै हात थापेनन्। देस भित्र निरंकुस भए पनि देश बाहिर राष्ट्रलाई शक्तिशाली नै राखे।
हामीले पढ्दै आएका श्री ३ हरूको शासनशैली जे पढियो, त्योभन्दा बढी अहिले आफैंले देखेको छौ।
राजाको क्षत्रछायाँमा रहेर संसारकै एक हिन्दु राष्ट्र नेपाल शान्ति र सहिष्णुताको देश थियो। तर गणतन्र ल्याएर नव श्री ३ हुनेले देशको परिचय पनि मेटे। अनि मुलुकलाई उधोगतिमा धकेलेर विदेसीको टाँङमुनी पनि पुर्याए। अझ तिनै आफूलाई श्री ३ भन्दा कम सोचेको हुँदैनन्।
दुई तिहाईका प्रमुख ‘श्री ३’ ले दल फुटाउन यति भए हुन्छ भनेर तोक आदेश ल्याउनुहुन्छ। सवैधानिक नियुक्तिमा आफ्नै मान्छेलाई नियुक्त गर्नुहुन्छ। सहायक श्री ३ भारदारले उहाँको आज्ञा सिरोपर गर्छन्।
पत्रपत्रिकामा आफ्नो जय जयकार गाउनेलाई प्रमुख श्री ३ ले हुँदै नभएको रेल देखि लगानी वोर्डमा नियुक्त दिनुहुन्छ। अनि २/४ शव्द लेखेर जय जयकार गरेकै भरमा प्रेस काउन्सिलमा नियुक्ति दिनुहुन्छ। यहाँ नियम कानुन केही हुँदैन २ तिहाईको श्री ३ बोलिदिए पुग्छ।
उता सहायक श्री ३ हरू अस्ट्रेलियामा डढेलो लागेर आक्रान्त भएको बेला पुरै राजर्षी छाँटमा नेपालको पर्यटन प्रवर्धन गर्न जानुहुन्छ। अनि श्री ३ गर्जनुहुन्छ, ‘अस्ट्रेलियामा पर्यटन प्रवर्धन भव्य भयो।’
कोरोनाले संसार आक्रान्त भइरहेको बेला सहायक श्री ३ भारदारले ‘नेपाल कोनोराको सेफ जोन हो’ भन्दै पर्यटक ल्याउन तोक आदेश दिन्छन्।
अब कोरोना महामारी सुरू भयो। सहायक श्री ३ का दिन खुले। पर्यटन तथा नागरिक ऊड्डयन मत्रालय सम्हालेका उनले आफ्नो तोक आदेसमा केही कम्पनीलाई तोकआदेस कै भरमा चार्टर फ्लाईटको अनुमति दिनुभयो।
३ गुणा चार गुणा बढी पैसा लागे पनि श्री ३ को आदेस पछि न कोही बोल्न सक्यो न कसैले कहीँ उजुरि दिने हिम्मत नै गर्यो।
उता चीनबाट सामान ल्याउनु पर्ने भयो। अब स्वास्थ मन्त्रालयका श्री ३, रक्षा मन्त्रालयका श्री ३ लगायतले जग हसाए। तर श्री ३ न परे उनको आदेश मान्नै पर्यो, अनि भयो करोडौं घोटला। तर श्री ३ का भाइ भारदारले गरेको कुरामा कसले के बोल्ने?
केही समय अगाडि आफ्नो देश फर्कन भन्दै दुवई एयरपोर्टमा नेपाली दाजुभाइ आए। यहाँ नेपालका श्री ३ हरूले नै पैसा लिएर उद्दार गर्नै भनेर आदेस गरेका थिए। सोही आदेस सिरोधार्य गर्दै सय कडा २ मा ऋण काढेर ऊनीहरू नेपाल जान एअपोर्ट आए। यता रक्षा मन्त्रालय र पर्यटन मन्त्रालका श्री ३ को ठाडो आदेस दिए-‘ल अब नेपाल आउन पाइनन्। उनीहरूलाई लिन पुगेको जहाज रित्तै फर्कियो। त्यसै त अलपत्र परेका नेपालीहरू महाअलपत्र भए।
अब आफैं सोचौं एकातिर राष्ट्रको लाखौ खर्चमा युएई पुगेको जहाज रित्तै फर्कियो। दोस्रो, अलपत्र परेका नेपाली एअरपोर्टमा आएर सेकेन्डभरको ठाडो आदेशको मारमा परे। आफू बस्दै आएको कोठाको चाबी बुझाएर र बाँकी रहेको रासन साथी भाइलाई दिएर एकसरो कपडा र एउटा झोला लिएर आएका ती नेपालीलाई कस्तो भयो होला?
विचरा यी सोझा नेपालीलाई यतिबेला ती जहानियाँ राणा शासक भन्दा केनै फरक पाएर? उनीहरू भन्दा अहिलेका २ तिहाई श्री ३ हरू क्रुर देखिए। स्कुलमा पढेको जहानियाँ सासकभन्दा बढी २ तिहाईका श्री ३ ले देखाइदिए।
गृह मन्त्रालयका श्री ३ ले विकट जुम्लामा जनताको निः शुल्क सेवा गर्ने डाक्टरलाई सुरक्षाकर्मी लगाएर होटलमै नजरवन्द गर्दैछन्।
रक्षा मन्त्रालयका श्री ३ ले सेनालाई नै लकिरका फकिर भव्दै उडाएका छन्। ऊनकै पछाडि सेनाका अधिकृत छन् ऊनले सुनेर बस्न र सहन सकेका छन्।
२०६२/२०६३ अगाडिको शाही नेपाली सेनालाई ‘गणे सेना’ बनाईयो। जसरी बह दाएपछि गोरू बनाईन्छ, सेनालाई त्यही बनाईयो, सेना निरीह छ।
यता २ तिहाई को श्री ३ हरूले भाइ भारदार, नाति, सम्धी, ससुरा, भान्जाभान्जी देखि साला सालीलाई डिठ्ठा सुव्वा बडा हाकिममा नियुक्ति गर्दैछन्। राणाले विदेसीसँग ऋण लिएनन्, कुनै पनि राष्ट्रघाति सम्झौता गरेनन्। तर अहिलेको श्री ३ हरू राष्ट्रघाति सम्झौता अनि ऋण अनुदान लिँदै मोज मस्ती गरिरहेका छन्।
स्कुलमा राजाको शासनमा श्री ३ र जहानियाँ राणा शासनको इतीहास पढेको थियौं। तर हामी अहिले २ तिहाईका श्री ३ हरूको शासन देख्न पाउँदा भाग्यमानी सम्झिएका छौं।