वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाराको सम्रौनगढ नगरपालिका ९ बसबरियाटोल बस्ने ९७ बर्षिय वृद्धको उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको  नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए। 

‘मुटु रोग, दम र उच्च रक्तचापको समस्या पहिलेदेखि नै रहेछ,’ उनले भने ‘ हामीले सकेको प्रयास गर्‍यौं तर बचाउन सकिएन।’ 

स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई तराई अस्पतालमा भर्ना गरिएको थियो। भदौं १२ गते स्वाब संकलन गरी दुई दिन पछि पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको थियो। संक्रमण पुष्टि भएपछि भदौ १४ गते नै उनलाई अस्थायी कोभिड अस्पताल गण्डकमा सारियो। 

वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ। साउन यतामा मात्रै ५१ जनाको मृत्यु भएको छ। मृत्यु भएका ५५ जनामध्ये पर्साका ३९ जना, बाराका १२ जना र रौतहटका ४ जना छन्। पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन।

प्रकाशित मिति: : 2020-09-02 10:15:20

प्रतिकृया दिनुहोस्