चेन्नई सुपर किंग्सका तीव्र गतिका बलर दिपक चाहर कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
उनले ट्विटरमा एक भिडियो पोष्ट गर्दै आफू काेराेनामुक्त भएकाे जानकारी दिएका हुन्।
उनले भनेका छन्, ‘तपाईंहरुको शुभकामना र प्रार्थनाको लागि धेरै धेरै धन्यवाद। म पूर्णरुपमा ठीक भइसकेको छु र आशा छ छिट्टै फर्किनेछु। अब छिट्टै एक्सनमा फर्किनेमा आशावादी छु।’
गत साता चाहरसहित अर्का एक खेलाडी र १३ जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरुको पहिलो रिपोर्ट नेगेटिभ आइसकेको छ। बिहीबार पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए टोली प्रशिक्षणमा फर्किनेछन्।
यसैबीच अनुभवी स्पिनर हरभजन सिंह आईपीएलमा सहभागी हुने नहुनेबारे अझै प्रष्ट हुनसकेको छैन। चेन्नईका एक अधिकारीका अनुसार हरभजन १ सेप्टेम्बरमा टिममा सहभागी हुने कुरा थियो तर उनले त्यसलाई टारिदिएका छन्।
उनी टिममा सहभागी हुने नहुने विषयमा प्रबन्धकलाई कुनै जानकारी दिएका छैनन्।
चेन्नईलाई कप्तान महेन्द्र सिंह धोनी र म्यानेजमेन्टले पहिलाकै तरिकाले टोलीलाई अगाडि बढाउने प्रयास गरिरहेका छन्।