पौरखी मुनाको मीठो अचार

शिलापत्र

काठमाडौँ

पूजा परियार

कोरोना (कोभिड– १९) को महामारीको सामना यतिबेला विश्वले नै गरिरहेको छ । यो महामारीका कारण धेरैको जीवन कष्टकर बनेको छ । व्यापार व्यवसाय ठप्प छन् । 

धेरैलाई आफ्नो दैनिक गुजारा चलाउन धौधौ परिरहेको छ । अनि काम गर्ने जाँगर भएर पनि घरभित्रै थुनिएर बस्नुपर्ने अवस्था छ । तर, नवलपसारीस्थित गैँडाकोटकी मुना श्रेष्ठलाई भने लकडाउन भएदेखि काम गर्न भ्याई नभ्याई छ ।

आजभोलिका दिनमा उनलाई एकाबिहानैदेखि अचार बनाउँदै गरेको अवस्थामा भेट्न सकिन्छ । लकडाउन भएदेखि अचार बनाउन प्रयोग हुने सामान तयार गर्ने साथै प्याकिङ गर्ने काममा उनी अझै धेरै ब्यस्त भएकी हुन् । 

३६ वर्षीया मुना भन्छिन्, ‘लकडाउन घोषणा भएपछि अब फ्रि भएर बस्नुपर्ने भयो भन्ने चिन्ता लागेको थियो, तर भइदियो उल्टो । लकडाउन भएपछि त मलाई झन् फर्सद नै पो हुन छाड्यो । यो बेला मलाई त अर्डर पूरा गर्न  नसक्ने पो हुँ कि भन्ने मात्र चिन्ता छ ।’

प्रकाशित मिति: : 2020-09-02 17:39:07

प्रतिकृया दिनुहोस्