चीन र पाकिस्तानलाई भारतीय सेना प्रमुखको जवाफ

एजेन्सी

नयाँ दिल्ली

भारतीय सेना प्रमुख विपिन रावतले आफ्नो सेना चीनको आक्रमक कार्वाहीलाई उचित तरिकाले सम्बोधन गर्न सक्षम रहेको बताएका छन् । बिहीबार भारत–अमेरिकी रणनीतिक सहयोग मञ्चको बैठकलाई सम्बोधन गर्दै सेना प्रमुख रावतले सो कुरा बताएका हुन् । उनले भने– ‘ हालसालै भारतले चीनले धेरै आक्रामक हरकतहरु गरिरहेको देखेको छ, तर हामी यसलाई उचित तरिकाले सम्बोधन गर्न सक्छौं, त्यसका लागि हाम्रो सेना तयार छ ।’ 

साथै उनले पाकिस्तानलाई पनि वास्तविक नियन्त्रण रेखामा भैरहेको संकटको फाइदा नउठाउन चेतावनी दिए । उनले त्यो खालका दुस्साहासी कदम उठाए पाकिस्तानलाई पनि जवाफ दिन भारत तयार रहेको चेतावनी दिए । भारत र चीनबीच यसै हप्ता सेनाका ब्रिगेड कमाण्डर तहमा वार्ता सुरु भएको छ । उक्त वार्ता अहिले पनि जारी छ । अप्रिल–मेदेखि लद्दाख क्षेत्रमा दुई देशका सेनाहरुबीच झडप भएका खबर आइरहेका छन् ।

झडपका क्रममा भारतीय सेनाहरुको ज्यान समेत गएको थियो । एसियाका यी दुई ठुला देशबीच ५ चरणसम्म ब्रिगेड कमाण्डर तहको वार्ता भैसकेको छ । यसका साथै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चीनमा यो विषयमा छलफल गर्न त्यहाँको उच्च नेतृत्वसँग सम्पर्क गरिरहेका छन् । तर पछिल्लो हप्ता फेरि एकपटक दुई देशका सेनाबीच लद्दाखमा तनाव बढेको छ । दुबै देशले एक अर्कालाई वास्तविक नियन्त्रण रेखाको उल्लंघन गरको आरोप लगाइरहेका छन् । 

प्रकाशित मिति: : 2020-09-03 23:27:59

प्रतिकृया दिनुहोस्