जनताका गायक : जीवन शर्मा

शिलापत्र

काठमाडौँ

दिनेश गौतम

बागलुङको सानो पाइगाउँको एउटा सम्पन्न परिवार । बुबा दुईवटा घोडा फेरीफेरी चढ्थे । गोठ गाईभैँसीले भरिभराउ थिए । घाँस काट्न मान्छे राखिएका थिए । खेतमा ६० मुरी धान फल्थ्यो, बारीमा उत्तिकै मकै–कोदो । 

गाउँको हुनेखाने परिवारमा जन्मे हुर्केका जीवन शर्माको परिचय भने गरिबको गायक बन्न पुग्यो । 

बाल्यकाल सुखमै बित्यो । उमेर बढ्दै जाँदा भने उनको परिवार अनेक समस्यामा जेलिँदै गयो । जीवन कहाँ एउटै गतिमा चल्छ र ? तीव्र गतिमा घोडा कुदाउने उनका बुबाको गतिलाई विभिन्न मुद्दा मामिलाले रोक्यो । 

‘कहिले बुबाले अरुलाई मुद्दा हाल्ने, कहिले अरुले बुबालाई । मुद्दा मामिलाको भूमरीमा फसेर घरजग्गा नै बेच्नुपर्‍यो,’ संघर्षका कथा पल्टाउँदै शर्मा सुनाउँछन्, ‘त्यत्रो ६० मुरी धान फल्ने खेत मुद्दामामिलाले घटेर एउटा गरो मात्र बाँकी रहयो । बाँकी रहेकाे सो खेतको उब्जनीबाट तीन महिना पनि खान पुग्दैनथ्यो ।'

प्रकाशित मिति: : 2020-09-05 08:41:51

प्रतिकृया दिनुहोस्