स्रोत नखुलेको २० लाख नगदसहित तीनजना पक्राउ

बारागढी गाउँपालिका २ बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित तीनजना पक्राउ परेका छन्। 

रौतहट बिन्दावन नगरपालिका २ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार साह लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाइएकाे छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: : 2020-09-05 11:54:58

प्रतिकृया दिनुहोस्