चन्द्रागिरिमा मादक पदार्थ सेवन गरेर आमाबुबामाथि खुकुरी प्रहार

काठमाडौंको चन्द्रागिरि नगरपालिका १ मा आमाबुबामाथि छोराले खुकुरी प्रहार गरी घाइते बनाएका छन्।

झ्याङ्गाझिटीका ३२ वर्षीय छोरा श्री तामाङले आमाबुबामाथि खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। ५३ वर्षीय बुबा श्यामकुमार तामाङ  र ४८ वर्षीय आमा विष्णु तामाङ  सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार खुकुरी प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिइएको छ।  

 घाइतेलाई अस्पताल पुर्याइएको छ। घाइते दम्पती खतरामुक्त रहेको वृत्तले जानकारी दिएको छ।

उनले मादक पदार्थ सेवन गरेका घटना घटाइएकाे भएपनि शनिबार साँझ परेपछि घटना भएको र थप विवरण आउन बाँकी नै रहेको प्ररीले जनाएकाे छ।

प्रकाशित मिति: : 2020-09-06 06:47:20

प्रतिकृया दिनुहोस्