टेकु आईसीयूकी नर्स, जसले पुरस्कारकाे खुसी काेभिड बिरामीसँगै साटिन्

शिलापत्र

काठमाडौँ

दिनेश गौतम

 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी आईसीयू इन्चार्ज नर्स उषादेवी देवकोटाको मोबाइलमा सोमबार बिहानै घण्टी बज्यो । फोन थियो, प्रशासनका एक कर्मचारीको । हतारहतार फोन उठाएर उनले भनिन्, ‘सर म अस्पतालमै आउँछु । त्यतै कुरा गरौँला ।’ 

‘होइन दिदी, तपाईँलाई बधाई दिन फोन गरेको ।’ 

उषादेवी अलमलमा परिन् । १ लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेकाे थाह पाएपछि उनी खुसी भइन् । ‘लिस्टमा नाम हेरेपछि म नै रहेछु भन्ने विश्वास लाग्यो । अहिले बधाईको ओइरो छ,’ उनले भनिन् । 

कोरोना महामारीमा उनी फ्रन्टलाइनमा रहेर काम गर्दै आएकी छन् । कोरोनाका कारण घर जान सम्भव नभएपछि अस्पतालले उपलब्ध गराएको क्वार्टरमा बसेर उनी संक्रमितको उपचारमा दिनरात खटिएकी छिन् । अस्पतालकै क्वार्टरमा बस्ने भएकाले उनी बिहान ६ बजे नै संक्रमितको सेवा गर्न पुग्छिन् । 

प्रकाशित मिति: : 2020-09-08 14:31:52

प्रतिकृया दिनुहोस्