वीरगञ्जमा थप १३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए

वीरगञ्जबाट मंगलबार अपरान्ह थप १३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। 

विभिन्न अस्पतालको आइसोलेसन, होम आइसाेलेसन, सामुदायिक आइसोलेसनमा उपचाररत रहेका संक्रमितहरूमध्ये १३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ।

याेसँगै वीरगञ्जमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या १५ सय २९ जना पुगेको छ।

आजसम्म पर्सा जिल्लामा २ हजार ४ सय १४ जनामा संक्रमण पुष्टि भएकाे छ। ती मध्ये १ हजार ८ सय ७१ पुरुष र ५ सय ४३ महिला रहेका छन्। 

आजसम्म ४२ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको प्रशासन कार्यलले जनाएकाे छ। 

त्यसैगरी मंगलबारसम्म दुई कोभिड अस्पतालमा ४६ पुरुष, १५ महिला सहित ६१ जनाको उपचार भइरहेको छ भने ७ सय पुरुष र २ सय २६ महिला गरी ९ सय २६ जना संक्रमित होम आइसाेलेसनमा रहेका छन्।

प्रकाशित मिति: : 2020-09-08 19:20:32

प्रतिकृया दिनुहोस्