दाताको बजेटमा ब्रह्मलुट

सुरेन्द्र काफ्ले

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको आयोजना निर्देशनालयमा अधिकृत स्तरका २७ प्राविधिक छन्। वैदेशिक सहायतामा सञ्चालित चार आयोजनामा भने निर्माणलगायत सबै कामको जिम्मेवारी परामर्शदातालाई दिइएको छ। मौजुदा जनशक्तिलाई व्यवस्थापन कार्यमा सीमित गरिएको छ।

चार आयोजनाको कुल लागत २७ करोड ३१ हजार डलर छ। २ करोड २६ लाख ९१ हजार डलर (२ अर्ब ६५ करोड ८२ लाख ५० हजार रुपैयाँ) परामर्शमै सकिएको छ। ७ परामर्शदाताले निर्माण कार्यको विस्तृत ड्रइङ डिजाइन र लागत अनुमान तयार, गुणस्तर कायम र निर्माण व्यवसायीले पेस गरेको बिल प्रमाणीकरण गर्ने कार्य गरेका छन्। १६ खरिद सम्झौता भई ४४१.२२ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ। हालसम्म २८३.९२ किलोमिटर मात्रै सम्पन्न भएको छ।

प्रकाशित मिति: : 2020-09-09 07:30:54

प्रतिकृया दिनुहोस्