एलिजा र दुर्गेश अभिनित ‘घाँसको माया गाईलाई’ सार्वजनिक (भिडियोसहित) 

नायिका एलिजा गौतम र मोडेल दुर्गेश थापा अभिनित ‘घाँसको माया गाईलाई’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ। ईनाक्षी ईन्टरटेनमेन्टमार्फत उक्त गीतको भिडिओ आज सार्वजनिक भएको हो । 

राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको स्वर रहेको गीतका रचनाकार राजेन्द्र थापा हुन् । गीतमा संगीत पनि गायक शिवाकोटीको नै छ । 

रामजनक कटवाल निर्माता रहेको भिडिओको कोरियोग्राफी तथा सम्पादन भने शिब बि.क.ले गरेका छन् । भिडिओमा बाल कलाकारमा भेनस बिक्रम कटवालको पनि अभिनय रहेको छ। भिडिओको सम्पादन भने विकास ज्ञवालीको छ । आमोश तामाङको एरेन्ज रहेको भिडिओको छायाँकन अर्जुन तिवारीले गरेका छन् । 

हेर्नुहोस् गीत

प्रकाशित मिति: : 2020-09-10 15:27:27

प्रतिकृया दिनुहोस्