नेपालमा २१ वटा कुनै पनि बेला फुट्नसक्ने 'सम्भावित खतरनाक' हिमताल, यी क्षेत्रमा पर्छ बढी असर

हालै सार्वजनिक एउटा अध्ययन प्रतिवेदनले नेपाल, तिब्बत र भारतमा ४७ वटा 'सम्भावित खतरनाक हिमताल' रहेको देखाएको छ।

हिमालय क्षेत्रबारे काम गर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीको प्रतिवेदनमा ती हिमतालहरू फुट्नसक्ने जोखिम देखिएको हो।

त्यसमध्ये नेपालका च्छो रोल्पा र इम्जा हिमताल "सबैभन्दा बढी सम्भावित खतरनाक" रहेको इसीमोडले जनाएको छ।

उक्त प्रतिवेदनबारे इसीमोडले ट्वीट गर्दै लेखेको छ, "पछिल्लो प्रतिवेदनले नेपालका सबैभन्दा बढी सम्भावित खतरनाक हिमतालहरू च्छो रोल्पा र इम्जा रहेको पत्ता लगाएको छ। लगातारको संवेदनशील र नियमित अनुगमनको खाँचो देखिन्छ।"

प्रकाशित मिति: : 2020-09-11 13:24:30

प्रतिकृया दिनुहोस्