वीरगञ्जकाे सीमा क्षेत्रमा उच्च निगरानी कायमै छ, असोज १ गतेदेखि जनजीवन सामान्य बनाउछाैं: सिडियाे तामाङ

वीरगञ्जमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि घोषित निषेधाज्ञासहित सीमा क्षेत्रमा आवतजावतमा उच्च निगरानी राखिएको छ।

कोरोना संक्रमण संख्यामत्क रुपमा नियन्त्रणमा आएपनि पुनः संक्रमण फैलिन सक्ने भन्दै स्थानीय प्रशासनले जिल्ला उच्च सतर्कता अपनाएको हो। 

प्रशासनले स्थानिय वासिन्दालाई उच्च स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरेको छ। 

‘वीरगञ्जमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदममा नागरिक समुदायको समर्थन रहेको सफलता प्राप्त भएको हो,’  बिएल नेपाली सेवासँग कुरा गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भने, ‘अझै पनि केही खतरा भएको कारण सुरक्षा अपनाउनुपर्ने हुन्छ।’ 

उनले चैत्र ३१ गते वीरगञ्जमा देखिएको कोरोना संक्रमण असाढको अन्तिममा आइपुग्दा शून्यमा झरेको पनि दावी गरे। ‘अहिले संक्रमणदर शून्यमा छ। कुनै बकेला भरिभराउ रहेको आइसोलोसन वार्डहरु पनि खालि नै छ,’ उनले भने। 

यद्यपी उनले तेस्रो चरणमा वीरगञ्जमा कोरोना संक्रमण फैलिन नदिन निषेधाज्ञालाई भदौं ३१ गते सम्म पुर्‍याइएको र आगामी दिनमा अवस्था हेरेर असोज १ गतेदेखि जनजीवन सामान्य बनाउन नयाँ निर्णय लिन सकिने बताए। 

कोरोना पूर्ण रुपमा नियन्त्रणमा नआइ वीरगञ्जका अस्थाई कोभिड अस्पतालहरुले जनरल सेवा सञ्चालन गर्न नसक्ने उनले बताए। 

‘वीरगञ्ज हेल्थ केयरले अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरु डिस्चार्ज भइसकेको छ। जनरल सेवा सञ्चालनका लागि स्थानिय प्रशासनमासमेत निवेदन आइसकेको छ। तर, स्वास्थ्य मन्त्रालयसँग सम्झौता विपरित तत्काल जनरल सेवा सुचारु हुँदैन,’ प्रजिअ तामाङले भने। 

 बजार, सरकारी कार्यालय यातायात सेवा खुलेसँगै फेरी कोरोना संक्रमण फैलिन सक्ने र सो समयमा उपचारका लागि अस्पताल नहुँदा थप समस्या हुने सक्ने भएकोले वीरगञ्ज हेल्थ केयरमा तत्काल जनरल सेवा सुचारु गर्न नहुने उनले बताए।

प्रकाशित मिति: : 2020-09-11 14:47:00

प्रतिकृया दिनुहोस्