पढ्नेहरुको दुनियाँ अलग्गै हुन्छ : सगुना शाह [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

प्रजु पन्त

सगुना शाह प्राध्यापन गर्छिन्। अंग्रेजी साहित्य र फ्रान्सेली भाषा अध्यापन एवं नेपाली रगंमञ्च र पठन संस्कृति प्रवर्द्धनमा सक्रिय उनी बूकहोलिक्समार्फत् प्रत्येक  महिना मार्टिन चौतारीमा चकटी बहस पनि चलाउँछिन्। कोरोना भाइरसको महामारीका कारण भेटघाट बन्द भए पनि बुकहोलिक्सबाट भर्चुअल कार्यक्रम निरन्तर चलाइरहेकी छन्। निबन्ध, समालोचना तथा अनुवाद प्रकाशन गरिसकेकी शाहको अहिले शिवा शाहको ‘द अदर क्विन’ उपन्यासको अनुवाद कृति ‘कान्छा महारानी’ बजारमा आएको छ । पठन संस्कृति र अनुवादबारे शाहसँग नेपाल लाइभका लागि प्रजु पन्तले गरेको कुराकानीः

अहिले कुन पुस्तक पढिरहनुभएको छ?
सबैभन्दा पहिले त उपन्यास बजारमा निस्केलगत्तै ‘कान्छा महारानी’ नै पढेँ। त्यसपपछि अर्चना थापाको ‘सत्व’ सकाएर अहिले बिना थिङ तामाङको ‘याम्बुनेर’ पढिरहेकी छु।

प्रकाशित मिति: : 2020-09-12 13:05:50

प्रतिकृया दिनुहोस्