'नवीन सर' : निजामतीमा अब्बल, अख्तियारमा कार्यकारीको छाया

नेपाल लाइभ

काठमाडौं

दुर्गा दुलाल

२०७७ असार ३० गते विशेष अदालतले अख्तियारले दायर गरेको एक कर्मचारीको स्टिङ अप्रेसनको मुद्दामा सफाई दिने फैसला सुनायो। न्यायाधीशद्वय चन्द्रबहादुर सारु र रवि शर्मा अर्यालको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३३ मा कुनै मुद्दाको अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा त्यस्तो मुद्दा खारेज हुने व्यवस्था अनुसार खारेज गर्‍यो।

हालसम्म उक्त मुद्दाको पूर्णपाठ सार्वजनिक भएको छैन। पूर्णपाठमा अख्तियारले पेस गरेको प्रमाणमा भ्रष्टाचार पुष्टि हुने आधार नभएको भनिएको छ। यसरी सफाई पाउने कर्मचारी मालपोत कार्यालय कलंकीमा कार्यरत भक्तपुरको सूर्यविनायक नगरपालिका-५, कटुन्जे निवासी रामहरि सुवेदी थिए।

प्रकाशित मिति: : 2020-09-12 20:17:23

प्रतिकृया दिनुहोस्