काठमाडौँ । हाँस्यकलाकार देवीराम पराजुली 'भोकलाग्यो'लाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । आफूलाई कोरोना संक्रमण भएको बारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।
हाँस्यटेलिसिरियल जिरे खुर्सानीबाट भोकलाग्यो नामले चिनिएका पराजुलीलाई कोरोना संक्रमण भएको उनले नै बताएका छन् । उनले आफूलाई कोरोना संक्रमण हुँदा र निको हुन लागेको अवस्थाको बारेमा बताएका छन्।
सामाजिक सञ्जालमा उनले कोरोनाले माया गर्दा अर्थात संक्रमण हुँदा र कोरोनाबाट बिछोड हुँदाको अवस्थाको तस्बिर शेयर गरेका छन् ।
उनले कोरोना लागेको समयमा केही असहज भएको भए पनि अहिले भने आँफूमा आत्मविश्वास बढेको बताएका छन्। जिरे खुर्सानीमा भोक लाग्यो भूमिकामा निभाएका उनी धेरैका मनपर्ने कलाकार हुन्।